Monday, January 25, 2010

एकछिन्मै पराई बनेछौ




हिजो सम्म साथै मरने साथै जिउने कसम खायौ,
आज पराई भयेछौ।
यात्रा अझै बाकी थियो नदीको दुई किनार भयेछौ ।

तिमी माथिको मेरो बिस्वास,
सायद सारङिको तार थियो बज्न नपाउदै चुड़न पुगेछ,
एउटा फुल बगैचाको,
फुल्न नपाउदै झर्न पुगेछ।

बाटोमा झुन्डिएको मादल् जस्तै,
जस्ले बजाए पनि बज्ने भएछौ ।
मालि बिनाको बगैचामा फुलेको फुल जस्तै,
जस्ले पनि टिप्ने भएछौ ।


मुटु भित्र तिमिलाई राख्न नपाउदै,
भमरा बनि दुल्दै हिडेछौ ।
आफन्तको साइनो नबन्दै,
एक्छिनमै पराइ बनेछौ ।


- आर पि क्षितिज