Wednesday, March 11, 2009

अब अर्को जुनीमा भेटौंला


आफ्नै भएर पनि पर्राई ठान्यौ ,
खै कुन्नि बाध्यता पो थियो कि?
चिनेर पनि अन्जान बन्यौ ।

ठीकै छ भनेर आफ्नै बाटो लागें,
ढुंगा बनेर ठेस लाग्न आयौ,
आफ्नै पाइलाहरुलाई दोष दिदै अघि बढें,
बाटै थुनेर पर्खाल लायौ ।

झरेको पात सम्झेर छाडिदियौ,
सोचिनौ कहिल्यै, तिमी बाटै झरेको त थिएँ ,
काँडा भनेर मिल्काइदियौ,
बुझिनौ, तिमीलाई जोगाएरै राखेको थिएँ ।

एक बसन्त पछि फेरि फर्कि आएँ,
पालुवा बनेर ढाक्ने असफल कोषिस ,
फेरि उही नियती भोगाइदियौ,
मेरो भागमा चोट मात्रै छाड्यौ ।

शायद मेरो भाग्य खोटो थियो कि ,
नियतीको खेल?
तिम्रो चाहना, मेरो मृग तृष्णा वा ,
एक छिन उर्ली बग्ने,खहरे भेल?

हतास छु आज,मनभरि निराशाको बाढी,
सुनाउँ वा पोखँु पीर कसलाई?
वा भागँु आफै धेरै टाढा,
जिन्दगीलाई नै छाडी?

बाचा मेरो तिमीसंग,
अब अर्को जुनीमा भेटौला ।
प्यास अधुरै रहृयो त के भयो?
किनार भेटेपछि मेटौंला ।
- आर पि क्षितिज

1 comments:

kshitiz said...

Excellent Poem. I like very much.
Suman

Post a Comment